-कर्णाली वेभ्स
यही साउन १४ गते उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा कर्णाली विकास बैंकको रकम अपचलन तथा अनियमितता गरेको आरोपमा एमालेका केन्द्रीय सदस्य तथा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रसहित १०९ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ। बाँके जिल्ला सरकारी वकिल कार्यालयले ३ अर्ब २० करोड ११ लाख बराबरको विगो दाबी गर्दै उक्त अभियोग १०९ जनाविरुद्ध दायर गरेको अदालतको विवरणमा उल्लेख भएको जानकारी अदालतका सूचना अधिकारी बलबहादुर विष्टले दिएका छन्।
उहाँका अनुसार, सीआईबी र उच्च अदालतमा दर्ता भएका मुद्दाका दस्तावेजअनुसार मुख्य प्रतिवादीमा —
राजेन्द्रविर राय (संस्थापक अध्यक्ष एवं पूर्व सीईओ),
पशुपति दयाल मिश्र (अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य),
वेद प्रसाद सिंह ठकुरी (पूर्व वित्त प्रमुख),
दिनेश कुमार रावत (पूर्व सीईओ),
नीरज विक्रम शाह (सीईओ तथा वित्त प्रमुख),
भुवन बस्नेत (राष्ट्र बैंकका पूर्व अधिकारी)
र बोर्ड सदस्य तथा अन्य कर्मचारीहरू रहेका छन्।
आरोपित १०९ जनामध्ये १०३ जना फरार छन् र ३ जनाको मृत्यु भइसकेको छ। यो प्रतिवेदन सीआईबीले साउन १४ गते सरकारी वकिल कार्यालयमा बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
पछिल्लो समाचारअनुसार, उक्त बैंक घोटाला प्रकरणमा विवादित र हाल हिरासतमा रहेका —
संस्थापक अध्यक्ष राजेन्द्रविर राय,
पूर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र,
बैंकका वित्त विभाग प्रमुख वेद प्रसाद सिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।
त्यस्तै, राष्ट्र बैंकका पूर्व कार्यकारी उप–निर्देशक भुवन बस्नेतलाई २ लाख धरौटीमा छोड्ने आदेश गरिएको छ।
पुर्पक्षका लागि थुनामा पठाइएका प्रतिवादीहरूमध्ये —
संस्थापक अध्यक्ष राजेन्द्रविर रायमाथि २ अर्ब ६३ करोड १६ लाख ५९७ रुपैयाँको,
पूर्व अध्यक्ष पशुपति दयाल मिश्रमाथि ८२ करोड ४६ लाख २९ हजार रुपैयाँको,
र पूर्व वित्त प्रमुख वेद प्रसाद सिंह ठकुरीमाथि २४ करोड ६३ लाख ९९ हजार रुपैयाँको विगो माग दाबी गरिएको सूचना अधिकारी विष्टले बताएका छन्।
- N1 Bet Casino: Quick Spin Wins for the Fast‑Paced Player
- Unser Flanke pvp bot uns selber einfach aktiv, Einzahlungslimits festzulegen
- Avantages du Testosterone Enanthate 30 dans le sport
- Efectos del GHRP 6 10 mg de Peptide Sciences
- Dragonia Casino – Machines à sous à haute intensité & expérience de jeu Crash
