हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट

नेपाल नागरिक उड्डन प्राधिकरण र बायुसेवा संचालक संघको संयुक्त सहमतिमा ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ ।

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

एवरेस्ट बेस क्याम्प नजिक लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकप्टरले बिहान करिब ७:४३ बजे लुक्लाबाट विदेशी पर्यटक लिनका लागि उडान भरेको थियो।

विषम परिस्थितिको निकासः जेन जी, दल सहित विशेष गोलमेच भेला

जेन जी आन्दोलनका विकसित मागहरूमाथि अझै पनि मुलुकले वास्तविक निकास पाउन सकेको छैन। मुलुकका तीन शीर्ष ठूला दलहरू संसद् विघटनको पक्ष–विपक्षमा विभाजित देखिएका छन् भने अर्कोतर्फ जेन जी समूहहरू पनि एक दर्जनभन्दा बढी बनेका छन्।

पेरिस लुव्रे संग्रहालय क्राउन ज्वेल चोरी: दुई संदिग्ध पक्राउ

पेरिसको लुव्रे संग्रहालयबाट भएको क्राउन ज्वेल चोरीको घटनासँग सम्बन्धित दुई संदिग्धलाई पक्राउ गरिएको छ, न्याय तथा प्रहरी अधिकारीहरूले आइतवार जानकारी दिएका छन्।

तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

जेन–जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तेस्रोपटक यही आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको संख्या १० पुर्‍याउने भएकी छन्। प्रधानमन्त्री बनेको ४० दिनपछि गरिएको यो मन्त्रिपरिषद् विस्तार उनको तेस्रो किस्ता हो।

सन्दर्भः जेनजी आन्दोलनका सम्भावना, चुनौती र सम्भावित निकास

नेपालमा हरेक क्रान्ति, आन्दोलन र शासकीय असफलतापश्चात नयाँ–नयाँ संविधान निर्माण र लेखन भएको पाइन्छ। २००७ सालको राणा विरोधी क्रान्तिको सफलता यता २००७ को अन्तरिम विधान, नेपाल अधिराज्यको संविधान २०१५, संविधान २०१९, प्रथम जनआन्दोलन २०४६ र २०६२÷०६३ को दोस्रो जनआन्दोलनपश्चात राजतन्त्रात्मक संविधान, संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म संविधान, कानुन र सरकार नयाँ निर्माण भएको इतिहास छ। ती संविधान, व्यवस्था र सरकारहरू के कति सफल–असफल भए भन्ने कुरा जनताले समीक्षा गरेर आजसम्म नयाँ परिवर्तनहरू खोजिरहेको इतिहास हामी सबैलाई थाहा छ। यस विषयमा यहाँ व्याख्या वा विश्लेषण आवश्यक छैन।

जेन जी आन्दोलनकाे नाममा विदेशी हस्तक्षेप रहेकाे विश्लेषण

१३ देखि २८ वर्षका उमेर समूहका युवापुस्ताले जेन जीका नाममा नेपालमा १७ र १८ घण्टा (भाद्र २३ र २४ गते) गरेको आन्दोलनपछि नेपालमा नयाँ बहस सुरु भएको छ। यो आन्दोलनले यस्तो बहस सुरु गराउँछ भन्ने कल्पना कसैले पनि गरेका थिएनन्।

सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा गोली चल्दा १९ जनाको ज्यान

सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध प्रदर्शनमा सोमबार प्रहरीले गोली प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

भारतमा जीएसटी दरमा ठुलो सुधार, घरायसी सामानदेखि औषधिसम्म सस्तो

भारतको गुड्स एन्ड सर्भिस ट्याक्स (GST) परिषद्ले २०१७ मा सुरु भएको कर प्रणालीमा ऐतिहासिक सुधार गर्दै नयाँ कर संरचना लागू गर्ने निर्णय गरेको छ।