हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट

passenger-airliner-flight-17934723

नेपाल नागरिक उड्डन प्राधिकरण र बायुसेवा संचालक संघको संयुक्त सहमतिमा ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । उक्त निर्णाय दुबै पक्षका प्रतिनिधिहरुले यही आइतवार गरिएको कुरा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको अध्यक्ष मनोज कार्की र सदस्य बायुसेवा निगमका प्रतिनिधि बीच बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार भाडादरमा नेपाल अधिराज्यका सबै सेक्टरहरुकालागि लागु हुने र छुट पाउने प्रतिशत अधिकतम ५० प्रतिशत भाडा दरमा रहेको हो । त्यस्तै गरि ७५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई ७० प्रतिशत र ८० भन्दामाथिकालाई ८० प्रतिशत छुट दिइने भएको छ । त्यसैगरि उमेर समुहका फरक क्षेमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने निर्णय २०८२ कात्र्तिक २ गते निर्णय भएको विज्ञाप्ती नेपाल नागरिक उड्डयन कार्यालयको विज्ञाप्तीमा जनाएको छ । उक्त निर्णय यही आइतवार देखि देशभर लागु हुने गरि सम्बन्धीत निकायहरुलाई पत्रचार गरिएको जानएको छ ।

नेपाल सरकार अन्तरगत रहेका वायुसेवा निगमहरुले नेपाली जेष्ठ नागरिक देशभर हवाई भाडामा ५० देखि ८० प्रतिशत छुट दिइने निर्णय निश्चित रुपमा निजी कम्पनीका बायुसेवा संचालकहरुलाई प्रभाव पर्नु पर्छ सरकारी विमान भन्दा नेपालमा निजी वायु सेवा कम्पनीहरुले आफ्नो आर्यआर्जन हिमाल तथा पहाड जिल्लाका यात्रु तथा काठमाण्डौं बाट नेपालका मुख्य शहरहरुमा निजी कम्पनी हवाई सेवा दिएर यात्रुहरुबाट आर्यअर्जन भन्दा बढी भाडा असुली रहेको हुँदा ती कम्पनीहरुले पनि यात्रुको सेवा सुविधा हक अधिकारलाई ध्यानमा राखेर निजी हवाई संचालकहरु भाडादरमा बृद्ध, तथा फरक क्षेमता भएको यात्रुहरुलाई छुट दिइने निर्णय यथाशिघ्र गरिनुपर्छ भन्ने जोड नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अधिवक्ता नरेन्द्रनाथ योगीले दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *