सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा गोली चल्दा १९ जनाको ज्यान

Purple Illustrated Art Class YouTube Channel Art (16)

काठमाडौं, १७ भदौ २०८२ (सेप्टेम्बर २, २०२५)
सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध प्रदर्शनमा सोमबार प्रहरीले गोली प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। जेनरेशन जेड (Gen Z) का युवाहरूको अगुवाइमा सुरु भएको प्रदर्शन काठमाडौं, पोखरा, बुटवल, भैरहवा, भरतपुर, इटहरी र दमकसहित देशका विभिन्न शहर र नगरहरूमा फैलिएको थियो।

काठमाडौंमा सर्वाधिक मृत्यु

काठमाडौंका विभिन्न अस्पतालहरूमा मात्रै १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
अस्पतालले सार्वजनिक गरेको विवरण यस्तो छः

  • राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
  • एभरेष्ट अस्पताल – ३ जना
  • सिभिल अस्पताल – ३ जना
  • काठमाडौं मेडिकल कलेज (KMC) – २ जना
  • त्रिवि शिक्षण अस्पताल (TUTH) – १ जना

यसैगरी, सुनसरीमा इटहरीमा भएको प्रदर्शनमा गोली लागेर २ जनाको मृत्यु भएको हो।
एक जनाको घटनास्थलमै र अर्कोको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते र उपचार अवस्था

देशभरका अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ।
मुख्य अस्पतालमा उपचाररत घाइतेहरूको संख्या यसप्रकार छः

  • सिभिल अस्पताल – १००
  • ट्रमा सेन्टर – ५९
  • एभरेष्ट अस्पताल – १०२
  • KMC – ३७
  • वीर अस्पताल – ६
  • पाटन अस्पताल – ४
  • त्रिवि शिक्षण अस्पताल – १८
  • नर्भिक अस्पताल – ३
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – २
  • गण्डकी मेडिकल कलेज – १
  • विराट मेडिकल कलेज – ४
  • दमक अस्पताल – ७

एभरेष्ट अस्पतालका डा. अनिल अधिकारीका अनुसार ४ जना अति गम्भीर छन्।
ट्रमा सेन्टरका डा. दिपेन्द्र पाण्डेले १० जना गम्भीर अवस्थामा रहेको बताए, जसमा धेरैलाई टाउको र छातीमा गोली लागेको छ।

काठमाडौंमा कर्फ्यू, पानी तोप र गोली

प्रदर्शन नयाँबानेश्वर क्षेत्रबाट सुरु भएको थियो।
संघीय संसद भवन अगाडि प्रदर्शनकारीहरू जम्दा प्रहरीले पानी तोप, अश्रुग्यास र गोली प्रहार गरेको हो।

स्थिति नियन्त्रणमा लिन सरकारले दिउँसो ३:३० बजेपछि काठमाडौंमा कर्फ्यू घोषणा गरेको थियो।
तर कर्फ्यू लगाइएको भए पनि भिड अझै नियन्त्रणमा आउन सकेन र प्रदर्शन हिंसात्मक रूपमा फैलियो।

अन्य शहरमा हिंसात्मक भिडन्त

  • सुनसरी (इटहरी): एकजनाको घटनास्थलमै मृत्यु, अर्काको अस्पतालमा।
  • झापा (दमक): प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगा प्रहार।
    • भिड नियन्त्रणका लागि प्रहरीले हवाई फायर।
    • पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरोध।
  • पोखरा, विराटनगर, जनकपुर, हेटौंडा र नेपालगञ्जमा समेत ठूलो भिडन्त र तोडफोड।

मानव अधिकार आयोगको प्रतिक्रिया

राष्ट्रिय मानव अधिकार आयोगले संयमता अपनाउन आग्रह गरेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण विरोध संविधान र अन्तर्राष्ट्रिय कानुनद्वारा सुनिश्चित अधिकार भएको उल्लेख गर्दै सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग र प्रदर्शनमा हिंसा बढ्नु दुबै दुःखद भएको जनाएको छ।

जेनरेशन जेडको नेतृत्वमा आन्दोलन

प्रदर्शनमा मुख्यतया विद्यार्थी र युवा संगठनका सदस्यहरू सहभागी थिए। उनीहरूले भ्रष्टाचार, राजनीतिक असफलता र सोसल मिडिया प्रतिबन्धका विरोधमा सडकमा उत्रिएको जनाएका छन्। बिहानदेखि सुरु भएको आन्दोलन दिउँसोसम्मै सुरक्षा निकायले नियन्त्रणमा लिन नसकेपछि देशभर स्थिति तनावपूर्ण भएको थियो।

कडा सुरक्षा व्यवस्था

  • काठमाडौंका मुख्य सडक र चोकहरूमा सेना र प्रहरीको संयुक्त गस्ती।
  • अन्य जिल्लामा पनि कर्फ्यू र भीडभाडमा रोक।
  • अस्पतालहरूमा अत्यधिक संख्यामा घाइते आउने क्रम जारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *