सरकारको उपसभामुखविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव विफल पार्ने — विपक्षी दल

images (4)

कर्णाली वेभ्स
आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को आह्वानमा विपक्षी दलहरूको बैठक बस्यो। उक्त बैठकमा बिना कारण उपसभामुखविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्तावसहितका विषयमा व्यापक छलफल भयो।

बैठकले उपसभामुखविरुद्ध सरकारले ल्याउन खोजेको अविश्वास प्रस्तावलाई एकमतले असफल पार्ने सहमति भएको माओवादी पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सरकार र प्रमुख सत्तारूढ कांग्रेस–एमाले लोकतन्त्रको अवमूल्यन गर्ने अभियानमा लागेको आरोप लगाउनुभयो। संसदमा संख्याको घटबढलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न सरकारले उपसभामुखविरुद्ध अविश्वास प्रस्ताव ल्याउन खोजेको भन्दै विपक्षी दलहरूले त्यसलाई विफल पार्ने बताए।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितमान पाण्डे, रास्वापाका उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष रियार, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुवबहादुर प्रधान तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुंवरको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *