भियतनाममा भीषण ‘काजिकी’ आँधी प्रवेश

_128339142_bbcm_vietnam_country_profile_map_180123

६ लाख नागरिकलाई सुरक्षित स्थानमा सार्ने आदेश

भियतनामका मौसमविद्हरूले प्रतिघण्टा करिब १६६ किलोमिटर वेगमा आँधी आउने बताएका छन्। सो चेतावनीपछि सरकारले करिब ६ लाख नागरिकलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

भीषण समुद्री आँधी ‘काजिकी’ सोमबार विहानै मध्य भियतनाम प्रवेश गरेको छ। यसका कारण थान होआ, क्वाङ त्रि, हुय र दा नाङ प्रान्तका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानतर्फ जान आदेश दिइएको हो।

चीनको हाइनान टापु हुँदै भियतनाम प्रवेश गरेको यस आँधीका कारण करिब ३२० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC Weather का अनुसार, ‘काजिकी’ले भियतनाममा अधिकतम २०० किलोमिटर प्रतिघण्टा वेगमा हावा बहाउने, ३०० देखि ४०० मिलिमिटर वर्षा गराउने तथा २ देखि ४ मिटर अग्ला समुद्री छाल आउने चेतावनी दिइएको छ।

आँधीको जोखिम बढेसँगै भियतनामका विभिन्न एयरलाइन्सहरूले आइतबार र सोमबारका लागि करिब दुई दर्जन हवाई उडान स्थगित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *