- कर्णाली वेभ्स
युवा वैज्ञानिकको चमत्कार
मानिसले एकाग्र हुन सकेमा, आफूले सोचेको, जानेको र गर्न खोजेको कार्यमा तिव्र इच्छा शक्ति भएको खण्डमा कामको परिणाम प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् जुम्लाका तन्नेरी वैज्ञानिक टक्क नेपाली।
उनीले आफ्नै घरको छतमा बिना इन्जिनको नमूना जहाज निर्माण गरेर नेपाललाई चकित बनाउन सफल भएका छन् ।कर्णाली प्रदेश, जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ निवासी टक्क नेपालीले आफ्नै घरको छानामा उड्नै लागेको जस्तो देखिने हवाई जहाज निर्माण गरेका छन्। स्थानीय सञ्चार माध्यमहरूले उनको प्रतिभा र कलाको प्रशंसा गरेका छन्, तर राष्ट्रिय सञ्चार माध्यमले भने पर्याप्त रूपमा प्रसारण गर्न सकेका छैनन्। त्यसैगरी, स्थानीय निकाय, प्रदेश सरकार तथा संघ सरकारको ध्यान पनि खासै गएको देखिंदैन।
तन्नेरी वैज्ञानिक नेपालीले उक्त बिना इन्जिनको जहाज बनाउन झन्डै १ वर्ष लागेको र लागत खर्च करिब १ लाख रुपैयाँ भएको बताएका छन्। तर, उनले आफ्नै श्रम, समय र लगानीलाई समेत गणना गर्दा सो जहाज निर्माणमा झन्डै ६ लाख ४७ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ।
