कर्णालीका १० पालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ठ

Purple Illustrated Art Class YouTube Channel Art (3)

दैलेख — नारायण नगरपालिका पहिलो स्थानमा

आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशका १० नगरपालिका तथा गाउँपालिकाहरू उत्कृष्ठ ठहरिएका छन् ।

यसमा दैलेखको नारायण नगरपालिका ८८.२५ अंक प्राप्त गरी पहिलो स्थानमा परेको छ। त्यसैगरी, दोस्रो स्थानमा सल्यानको त्रिवेणी गाउँपालिका ८५.०० अंकसहित रह्यो भने तेस्रो स्थानमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८४.०० अंकसहित पर्‍यो।

अन्य उत्कृष्ट पालिकाहरूमा क्रमशः —

  • चौथो: लेखबेसी नगरपालिका, सुर्खेत (८३.५०)
  • पाँचौं: खार्पुनाथ गाउँपालिका, हुम्ला (८३.००)
  • छैठौं: आठबिस नगरपालिका, पश्चिम रुकुम (८३.००)
  • सातौं: त्रिवेणी नगरपालिका, पश्चिम रुकुम (८२.७५)
  • आठौं: दुल्लु नगरपालिका, दैलेख (८२.७५)
  • नवौं: बनगाड कुपिण्डे नगरपालिका, सल्यान (८२.७५)
  • दशौं: विरेन्द्रनगर नगरपालिका, सुर्खेत (८२.५०)

देशव्यापी कार्यसम्पादन मूल्यांकनमा पनि यी पालिकाले उत्कृष्ठ अंक हासिल गरेका छन् । पहिलो, दोस्रो र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) नेतृत्वका पालिकाहरू परेका छन् भन्ने जानकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *