चीनको सैन्य परेडमा शी जिनपिङसँगै पुटिन र किमको संयुक्त उपस्थिति

बेइजिङ, १७ भदौ २०८२ (सेप्टेम्बर २, २०२५)
चीनका राष्ट्रपति शी जिनपिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन पहिलो पटक एउटै कार्यक्रममा सार्वजनिक रूपमा देखिएका छन्।

बेइजिङमा आयोजित यस सैन्य परेडमा २६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू सहभागी भएका थिए। यो परेड द्वितीय विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो।यस अवसरमा राष्ट्रपति शीले चीनको सैन्य शक्ति र कूटनीतिक सम्बन्धलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने अवसर पाएका छन्।यस संयुक्त उपस्थितिलाई क्षेत्रीय सुरक्षा र कूटनीतिक शक्ति सन्तुलनका दृष्टिकोणले निकै महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *