भारतमा जीएसटी दरमा ठुलो सुधार, घरायसी सामानदेखि औषधिसम्म सस्तो

Purple Illustrated Art Class YouTube Channel Art (11)

नयाँ दिल्ली, १८ भदौ २०८२ (सेप्टेम्बर २, २०२५)
भारतको गुड्स एन्ड सर्भिस ट्याक्स (GST) परिषद्ले २०१७ मा सुरु भएको कर प्रणालीमा ऐतिहासिक सुधार गर्दै नयाँ कर संरचना लागू गर्ने निर्णय गरेको छ।

यस निर्णय अनुसार अबसम्म रहेका चार वटा कर स्ल्याब (५%, १२%, १८% र २८%) घटाएर दुई वटा मुख्य दर—५% र १८%—मा सीमित गरिने भएको छ। केही लक्जरी वस्तु र उच्चस्तरीय उत्पादनहरू जस्तै महँगा गाडी, तमाखु र चुरोटका लागि भने ४०% को विशेष दर लागू हुनेछ। नयाँ दर भदौ ६ (सेप्टेम्बर २२) देखि लागू हुनेछ, तर पान मसला, गुट्खा, चुरोट, चपाउने तमाखु, जरदा र बीडीमा भने तत्काल परिवर्तन लागू हुने छैन। सरकारले यस सुधारमार्फत घरेलु खपत बढाउने र अमेरिकी शुल्कको असरलाई कम गर्ने लक्ष्य राखेको छ।

के के सस्तो हुन्छ?

खाद्य तथा पेय पदार्थ

  • चपाती र पराठामा अब शून्य कर (०%), पहिले ५%।
  • अल्ट्रा-हाई टेम्प्रेचर दूध, छेना/पनीर, पिज्जा ब्रेड र खाक्रामा कर हटाइयो।
  • घिउ, मक्खन, ड्राइ फ्रुट्स, कन्डेन्स्ड मिल्क, जाम, जेली, नरिवल पानी, नमकीन, जुस, आइसक्रिम, पेस्ट्री, बिस्कुट, सिरियल्स लगायतका सामानमा कर १८% बाट घटाएर ५%।
  • सोया दूध र प्लान्ट-बेस्ड दूधमा कर ५%, पहिले क्रमशः १२% र १८%।

घरायसी सामान

  • टुथ पाउडर, फिडिङ बोतल, भाँडा, छाता, साइकल, बाँसका फर्निचर, कंघीमा कर १२% बाट घटाएर ५%।
  • शैम्पू, टल्कम पाउडर, साबुन, दाँत ब्रस, फेस पाउडर, तेलमा कर १८% बाट घटाएर ५%।

इलेक्ट्रोनिक सामान

  • एसी, डिशवाशर, टिभीमा कर २८% बाट घटाएर १८%।

स्टेसनरी

  • नक्सा, ग्लोब, पेन्सिल, क्रेयोन, कपीमा ०%, पहिले १२%।
  • इरेजरमा ०%, पहिले ५%।

जुत्ता र कपडा

  • १२% बाट घटाएर ५%, सामान्य उपभोग्य सामान सस्तो।

स्वास्थ्य सेवा र औषधि

  • जीवन रक्षक औषधि र उपकरणहरूमा कर १२% वा १८% बाट घटाएर ५% वा ०%।
  • थर्मोमिटरमा ५%, पहिले १८%।
  • अक्सिजन, डायग्नोस्टिक किट, ग्लुकोमीटर, चस्मामा ५%, पहिले १२%।

बीमा र नीतिहरू

  • व्यक्तिगत जीवन बीमा र स्वास्थ्य बीमामा ०% कर।
  • सामान बोक्ने गाडीको थर्ड पार्टी बीमा १२% बाट घटाएर ५%।

होटल र हवाई यात्रा

  • ७,५०० भारतीय रुपैयाँसम्मका होटल कोठामा ५% कर, पहिले १२%।
  • इकोनोमी क्लास हवाई टिकटमा ५% कर।

सवारी साधन र अटो पार्ट्स

  • ३५० सीसीसम्मका मोटरसाइकल र साना हाइब्रिड गाडीमा १८% कर, पहिले २८%।
  • इलेक्ट्रिक गाडीमा ५% कर यथावत।
  • अटो पार्ट्समा १८% कर, पहिले २८%।

इन्धन प्रयोग गाडी

  • १,२०० सीसीसम्मका पेट्रोल र १,५०० सीसीसम्मका डिजेल गाडीमा १८% कर, पहिले २८%।

निर्माण सामाग्री

  • सिमेन्टमा कर २८% बाट घटाएर १८%

कृषि उपकरण र मल

  • हात पम्प, सिंचाइ उपकरण, थ्रेसर, कमपोस्ट मेसिन, ट्र्याक्टरमा १२% बाट घटाएर ५%।
  • मुख्य मल र बायोपेस्टिसाइडमा १८% वा १२% बाट घटाएर ५%।

सौन्दर्य र फिटनेस सेवा

  • सैलुन, योगा, फिटनेस सेन्टरमा ५% कर, पहिले १८%।

के के महँगो हुन्छ?

पेय पदार्थ

  • कोका-कोला, पेप्सी, क्याफिनयुक्त ड्रिंक र अन्य कार्बोनेटेड पेय पदार्थमा कर २८% बाट बढाएर ४०%।
  • चिनी भएको फ्लेभर्ड पेय पदार्थमा पनि ४०% कर।

लक्जरी गाडी र मोटरसाइकल

  • १,२०० सीसीभन्दा माथिका गाडी र ३५० सीसीभन्दा माथिका मोटरसाइकलमा ४०% कर।
  • याट, पर्सनल एयरक्राफ्ट र रेसिङ कारमा पनि ४०% कर।

तमाखु उत्पादन

  • अहिले २८% + सेस कायम, तर कोभिड क्षतिपूर्ति ऋण तिर्न सकेपछि ४०%

मनोरञ्जन र जुवातास

  • क्यासिनो, अनलाइन गेम, घोडदौड, लटरीमा ४०% कर

Leave a Reply

Your email address will not be published. Required fields are marked *