हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट

नेपाल नागरिक उड्डन प्राधिकरण र बायुसेवा संचालक संघको संयुक्त सहमतिमा ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ ।

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

एवरेस्ट बेस क्याम्प नजिक लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकप्टरले बिहान करिब ७:४३ बजे लुक्लाबाट विदेशी पर्यटक लिनका लागि उडान भरेको थियो।

विषम परिस्थितिको निकासः जेन जी, दल सहित विशेष गोलमेच भेला

जेन जी आन्दोलनका विकसित मागहरूमाथि अझै पनि मुलुकले वास्तविक निकास पाउन सकेको छैन। मुलुकका तीन शीर्ष ठूला दलहरू संसद् विघटनको पक्ष–विपक्षमा विभाजित देखिएका छन् भने अर्कोतर्फ जेन जी समूहहरू पनि एक दर्जनभन्दा बढी बनेका छन्।

पेरिस लुव्रे संग्रहालय क्राउन ज्वेल चोरी: दुई संदिग्ध पक्राउ

पेरिसको लुव्रे संग्रहालयबाट भएको क्राउन ज्वेल चोरीको घटनासँग सम्बन्धित दुई संदिग्धलाई पक्राउ गरिएको छ, न्याय तथा प्रहरी अधिकारीहरूले आइतवार जानकारी दिएका छन्।

तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

जेन–जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तेस्रोपटक यही आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको संख्या १० पुर्‍याउने भएकी छन्। प्रधानमन्त्री बनेको ४० दिनपछि गरिएको यो मन्त्रिपरिषद् विस्तार उनको तेस्रो किस्ता हो।