काठमाडौं — गुगलले नेपालमा आधिकारिक रूपमा स्ट्रीट भ्यू सेवा सुरु गरेको छ। यसमार्फत प्रयोगकर्ताले काठमाडौंका सडक, तराई क्षेत्रको प्राकृतिक सुन्दरता र हिमालका दृश्यसमेत आफ्नो मोबाइल वा कम्प्युटरमै बसेर अवलोकन गर्न सक्नेछन्।
गुगलले आफ्नो ब्लगमार्फत जानकारी दिँदै नयाँ सेवाले नेपालको विविध भौगोलिक र सांस्कृतिक सौन्दर्यलाई विश्वसमक्ष पु¥याउने उल्लेख गरेको छ। यसमा पुराना मठ–मन्दिर, ऐतिहासिक वास्तुकला, सांस्कृतिक धरोहरदेखि व्यस्त बजार क्षेत्रसम्मका ३६० डिग्री पानोरामिक तस्वीरहरू समेटिएका छन्।
प्रयोगकर्ताले गुगल म्याप्समार्फत मोबाइल वा कम्प्युटरमा पुगेर ‘स्ट्रीट भ्यू’ आइकन (पखेंटा-आकारको पहेँलो आकृति) चयन गरेर यी दृश्यहरू हेर्न सक्नेछन्।
गुगल म्याप्सको यो सुविधा प्रयोगकर्तालाई सडक वा स्थानहरूमा आफैं हिँडेजस्तो अनुभव दिलाउने गरी बनाइएको हो।
