हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट

नेपाल नागरिक उड्डन प्राधिकरण र बायुसेवा संचालक संघको संयुक्त सहमतिमा ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ ।

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

एवरेस्ट बेस क्याम्प नजिक लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकप्टरले बिहान करिब ७:४३ बजे लुक्लाबाट विदेशी पर्यटक लिनका लागि उडान भरेको थियो।

तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

जेन–जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तेस्रोपटक यही आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको संख्या १० पुर्‍याउने भएकी छन्। प्रधानमन्त्री बनेको ४० दिनपछि गरिएको यो मन्त्रिपरिषद् विस्तार उनको तेस्रो किस्ता हो।

सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा गोली चल्दा १९ जनाको ज्यान

सोसल मिडिया प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध प्रदर्शनमा सोमबार प्रहरीले गोली प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

असार यता १६ राजमार्ग पूर्ण अवरुद्ध, ८ राजमार्ग एकतर्फी सञ्चालन

असारदेखि भाद्रसम्मको वर्षायाममा आएको पहिरो र बाढीका कारण देशभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने ८ वटा राजमार्ग आंशिक (एकतर्फी) रूपमा सञ्चालनमा रहेका छन्।

नेपाल जलविद्युत् सम्भावनामा विश्वमै दोस्रो: कर्णाली नदीबाटै झण्डै ४३ हजार मेगावाट विजुली उत्पादन हुने

नेपाल ब्राजिलपछि विश्वकै दोस्रो धनी मुलुकका रूपमा जलविद्युत् सम्भावना (हाइड्रोपावर पोटेन्सियल) का हिसाबले चिनिएको छ। यस आधारमा नेपाल एशियाको पहिलो मुलुक बनेको छ।

स्याऊ निर्यातको मुखैमा कर्णाली राजमार्ग बर्षातले अवरुद्ध

स्याऊ निर्यात सुरु हुनै लाग्दा कर्णाली राजमार्ग अवरुद्ध भएपछि किसान र व्यापारीहरुमा चिन्ता बढेको छ। भदौ ११ गते परेको अविरल वर्षाले जुम्ला–कालिकोट सडकखण्डको कालिखोला क्षेत्रमा झण्डै १० मिटर सडक भत्किँदा यातायात रोकिएको हो।

जुम्लामा स्याउ उत्पादनमा गिरावट

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा जुम्लामा स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । उत्पादनमा गिरावट आएसँगै स्याउ निर्यात पनि कम हुने अनुमान गरिएको छ।