चीनका राष्ट्रपति शी जिनपिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन पहिलो पटक एउटै कार्यक्रममा सार्वजनिक रूपमा देखिएका छन्।
Breaking News
रुसका राष्ट्रपति पुटिनद्वारा नेपाललाई ‘पुरानो मित्र’ भन्दै प्रशंसा, प्रधानमन्त्री ओलीलाई मास्को भ्रमणको निम्तो
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाललाई ‘पुरानो मित्र’ भन्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने इच्छा व्यक्त गरेका छन्। चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनको क्रममा भएको भेटवार्तामा पुटिनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऐतिहासिक कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै “रुस र नेपालका धारणा धेरैजसो अन्तर्राष्ट्रिय मुद्दामा समान, यहाँसम्म कि अभिन्न” रहेको बताए।
नेपालमा सुनको मूल्य रेकर्ड उच्च, तोलामा रु. २,०५,८९८.७६ पुग्यो
नेपालमा सुनको मूल्य आज रेकर्ड तोड्दै तोलामा रु. २,०५,८९८.७६ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार वृद्धि हुँदै आएको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।
राज्यको वेवास्ताले कर्णाली राजमार्गमा सास्ती, पीडा, घाटा र निराशा बढ्दै
श्रेयका लागि हतार–हतारमा चैत ३०, २०६३ मा ट्रयाक ओपनिङ (लाईन बनाउने) र अर्थ कटिङ (माटो पन्छाउने) लगत्तै कर्णाली राजमार्ग सञ्चालनमा ल्याइयो। तर सञ्चालनमा आएदेखि हिउँद र वर्षात दुवै मौसममा भारी वर्षा हुँदा यो निरन्तर अवरुद्ध हुँदै आएको छ।
असार यता १६ राजमार्ग पूर्ण अवरुद्ध, ८ राजमार्ग एकतर्फी सञ्चालन
असारदेखि भाद्रसम्मको वर्षायाममा आएको पहिरो र बाढीका कारण देशभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने ८ वटा राजमार्ग आंशिक (एकतर्फी) रूपमा सञ्चालनमा रहेका छन्।
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ८०० को मृत्यु
२०२५ अगस्ट ३१ तारिख राति ११:४७ बजे (अफगान समय) अर्थात् १९:१७ युटिसी मा पूर्वी अफगानिस्तानको नंगरहार र कुनार प्रान्त केन्द्रबिन्दु भएर म्याग्निच्युड ६.० को शक्तिशाली भूकम्प गएको छ।
लिपुलेक नेपालको भू–भाग भएको प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लिपुलेक नेपालको भूमि भएको दाबी गरेका छन्।
नेपाल जलविद्युत् सम्भावनामा विश्वमै दोस्रो: कर्णाली नदीबाटै झण्डै ४३ हजार मेगावाट विजुली उत्पादन हुने
नेपाल ब्राजिलपछि विश्वकै दोस्रो धनी मुलुकका रूपमा जलविद्युत् सम्भावना (हाइड्रोपावर पोटेन्सियल) का हिसाबले चिनिएको छ। यस आधारमा नेपाल एशियाको पहिलो मुलुक बनेको छ।
लुना लुइटेल ‘मिस नेपाल वर्ल्ड २०२५’ घोषित
‘दि हिडन ट्रेजर’द्वारा गोदावरीमा आयोजित ३१औँ संस्करणको मिस नेपाल प्रतियोगितामा लुना लुइटेलले मिस नेपाल वर्ल्ड २०२५ को उपाधि हात पारेकी छिन्।
थाइल्यान्डकी प्रधानमन्त्री पदच्युत, शिनावात्रा वंशमा ठूलो धक्का
थाइल्यान्डका संवैधानिक अदालतले प्रधानमन्त्री पाएटङ्टार्न शिनावात्रालाई पदमुक्त गरेपछि देशको राजनीति फेरि अस्थिरतामा धकेलिएको छ।
